Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बागलुङको जैमिनीमा नेबिसंघको जागरण प्रशिक्षण कार्यक्रम

सीताराम थापा
धौलागिरी-नेपाल विद्यार्थी संघ बागलुङले नगर र गाउँपालिका स्तरीय जागरण अभियान अन्तरगत प्रशिक्षण कार्यक्रम  संचालन गरेको छ । संघले बागलुङको जैमिनी नगरपालिकामा विहीबार कांग्रेस निकट विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ ।

प्रशिक्षण कार्यक्रम बोल्दै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सह–महामन्त्री हरिहर शर्माले मुलुकका हरेक आन्दोलन, विद्यार्थी आन्दोलनको साथले सफल भएको बताउनु भयो ।

प्रशिक्षण कार्यक्रममा नेविसंघको स्थापना, नेपालमा विद्यार्थी आन्दोलन, २०२८ सालको स्ववियु पुर्नस्थापना, २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनका बारेमा विद्यार्थीलाई प्रशिक्षित गरिएको थियो ।

नेविसंघले २०५८ साल भाद्र २४ गते देशको आठ विद्यार्थी संगठनलाई साथमा लिई साझा शैक्षिक तथा राजनितिक मुद्धालाई संयुक्त रुपमा अगाडी लिएर जाने निर्णय गरे पश्चात नयाँ पाठ्यक्रमको सुरुवात, प्राथमिक  तहमा अंग्रजी माध्ययमबाट पढाई, निःशुल्क शिक्षा हुँदै सेमेष्टर प्रणालीमा पुगेको हो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सचिव श्रीकृष्ण पौडेलले बिधर्थि आन्दोलन बाट उठेको राजनिति निखारिएर आएको हुने तर्क गनर््भयो ।  धौलागिरी बहुमुखी क्याम्पस स्ववियु सभापति मनिष थापा, नेविसंघका इकाई अध्यक्ष दिनेश पन्त लगायतले मन्तव्य राख्नु भएको थियो ।  नेविसंघले जिल्लाका दश वटै स्थानिय तहमा प्रशिक्षण कार्यक्रम अभियान संचालन गर्ने छ । यस अघि ताराखोलामा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE