राष्ट्रियसभा उपनिर्वाचन ६ जेठमा हुने
९ बैशाख, काठमाडौँ – राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि ६ जेठमा निर्वाचन हुने भएको छ । सरकारको सिफारिसअनुसार आयोगले ६ जेठका लागि निर्वाचन गर्ने जानकारी गराएको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसार निवेदन दिन आयोगले सूचित गरेको छ । निवेदनका लागि आयोगले १० वैशाखदेखि १४ वैशाखसम्म समय दिएको छ ।
राष्ट्रियसभा सदस्यबाट रामबहादुर थापा बादललाई माओवादी केन्द्रले निष्कासन गरेसँगै ३५ दिनभित्र उपनिर्वाचन हुनुपर्ने प्रावधानअनुसार निर्वाचन हुन लागेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE