मन्त्रिपरिषद् बैठक बस्दै, कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने
६ वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।
मुख्यतः बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने जनाइएको छ ।
शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो ।
सो प्रस्तावबारे आजको बैठकमा छलफल हुनेछ । चौतर्फीरुपमा विद्यालय बन्द गर्न दवाव बढेको बेला आजको बैठकले के निर्णय गर्छ भन्नेमा चासो बढेको छ ।
बैठकबाट स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड जारी हुने पनि बुझिएको छ ।
आजको बैठकमा जसपा नेपालले उठाउँदै आएको मुद्दाका बारेपनि छलफल हुने बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE