Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

अर्थतन्त्रको आकार ४० खर्बनजिक

२१ फागुन
काठमाडौं – मुलुकको अर्थतन्त्रको आकार पौने २ खर्ब बढेको छ। केन्द्रीय तथ्यांक विभागले कुल गार्हस्थ उत्पादन गणना गर्ने आधार वर्ष परिमार्जन गरी केही नयाँ क्षेत्रलाई समेटेपछि अर्थतन्त्रको आकार फराकिलो भएको हो।

नयाँ तथ्यांकअनुसार गत असार मसान्तमा मुलुकको कुल गार्हस्थ उत्पादन ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। यसअघिको गणना विधिअनुसार वैशाखमा सार्वजनिक गरिएको तथ्यांकमा ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको उल्लेख थियो।

२० वर्षअघिको अर्थव्यवस्थालाई आधार मानेर कुल गार्हस्थ उत्पादनको गणना गरिँदै आएको थियो। नयाँ गणना पनि १० वर्षअघि भएको नेपाल घरपरिवार सर्वेक्षण र अन्य सर्वेक्षण प्रतिवेदनका आधारमा गरिएको विभागका उपमहानिर्देशक डा। हेमराज रेग्मीले बताए।

यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE