विदेशमा अलपत्र परेका १४ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै
२१, श्रावन
काठमाडौं – आज विहान युएई र कतारबाट ४ सय ५९ जना नेपाली स्वदेश आएका छन् । युएईबाट हिमालय एयरको दुइ वटा उडानमार्फत् ३ सय ८ जना नेपाली स्वदेश फर्किका छन् । कतारको दोहाबाट नेपाल एयरको एउटा उडानमार्फत १५१ जना नेपाली आइपुगेका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।
युएई, कतार र साउदी अरबबाट गरी आज बेलुकीसम्म १४ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्कँदै छन् । प्राधिकरणका अनुसार युएईबाट मात्रै साँझसम्म पाँच वटा उडानमार्फत ९ सय भन्दा धेरै नेपाली आउन लागेका छन् ।
दिउँसो साउदी अरबको दमामबाट हिमालय एयरको विमानमार्फत् १५४ र कतार एयरवेजको विमानबाट २५० जना आउन लागेका प्राधिकरणले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE