Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन (ताप्लेजुङ)

 २६ भदौ,ताप्लेजुङ-ताप्लेजुङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जिल्ला कमिटी गठन भएको छ। छिरिङ लामाको अध्यक्षतामा ७२ जना सदस्य रहने गरी शनिबार कार्यसमिति गठन गरिएको हो ।

ताप्लेजुङको सदरमुकाम फुलिङमा आयोजित भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाई चयन गरेको छ। सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन भएका छन्। पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा आयोजित भेलाले फुङ्लिङमा पार्टीको कार्यालयसमेत स्थापन गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE