नवनियुक्त ४४ औं प्रधानसेनापति शर्माले लिए शपथ
२४ भदौ,काठमाडौैँ-नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बिहीबार शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको ४४ औं प्रधानसेनापति शर्माले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा ९२० बमोजिम राष्ट्रपति एवं परमाधिपति श्रीमती विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।
सपथअघि राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह लगाइदिएकी थिइन्। समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल सकिन लागेपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई ११ भदौमा प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । आजदेखि सुरु भएको शर्माको कार्यकाल तीन वर्ष रहनेछ ।
लमजुङका शर्मा ब्राह्मण समुदायबाट प्रधानसेनापति बन्ने पहिलो सैनिक अधिकारी हुन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE