Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

हजारौ वर्षअगाडि मंगल ग्रहमा पानी भएको संकेत (नासा)

 २७ भदौ,काठमाडौँ-नासाका अनुसन्धानकर्ताहरूको नमूनाहरूको प्रारम्भिक विश्लेषणले गरेको छ। हजारौ वर्षअगाडि मंगल ग्रहमा पानी भएको संकेत मिलेका नासाले जनाएको छ। पर्सिभेरेन्स रोभरले नमूना लिएको चट्टानमा महत्वपूर्ण लवणहरू पनि पत्ता लगाएको छ जुन नमूना चट्टानबाट पानी बगेको समयमा गठन भएको हुन सक्छ ।

यसले हजारौं वर्षअगाडि मंगल ग्रहमा जीवनको अस्तित्व हुन सक्ने नासाले संकेत गरेको छ । मंगल ग्रहको एक चट्टानबाट मात्रै दुई नमूनाहरू अहिलेसम्म संकलन गरेको छ। यसको वास्तविक अध्ययान गर्न केही समय लाग्नेछ। पर्सिभेरन्सले रोभरले यसको दक्षिण क्षेत्रमा भएका नमूनाहरू संकलन गरेको छैन् यसका लागि थप ए हप्ता समय लाग्ने जनाएको छ।

पर्सिभेरन्सले रोभरले संकलन गरेका नमूनाहरू नासाका अनुसन्धान विभागसम्म नआउँदासम्मै पूर्ण जानकारी प्राप्त नहुने जनाएको छ। संकलित नमूनाहरूले भने मंगलमा पानी हुनसक्ने संकेत नासाका वैज्ञानिकहरूले जनाएका छन् । यसको पुष्टि भने संकलित नमूना नासाले पूर्ण अनुसन्धानले मात्र गर्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE