रामकुमारी झाँक्रीलाई ओलीको ठाडो आदेशमा पक्राउ गरियो : प्रचण्ड
२९ माघ
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ ।
पार्टी कार्यालय परिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ नेपाल केन्द्रीय समिति राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रचण्डले बुधबारदेखि आफूहरुले झाँक्रीलाई पक्राउ नगर्न प्रहरीलाई आग्रह गरेपनि प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताउनुभयो ।
झाँक्रीलाई बुधबार नै पक्राउउ गर्न खोजिएको जनाउँदै प्रचण्डले भन्नुभयो ‘प्रहरीले हिजै पक्राउ गर्न बल गरेको थियो। हामीले नपक्रन जोड गरेका थियौं। तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा पक्राउ गरेको भन्नेछ’ ।
झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर गरेको भन्दै घरमै गएर पक्राउ गरेको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE