सबै स्थानीय तहमा कालोपत्रे सडक, प्रधानमन्त्रीले उद्घाटन गर्दै
१ चैत
काठमाडौँ – देशका सबै स्थानीय तहमा सरकारले जतिसक्दो छिटो कालोपत्रे सडक सञ्जाल विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बालुवाटारबाट यससम्बन्धी कार्यक्रम उद्घाटन गर्दै हुनुहुन्छ ।
देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्याउने उद्देश्यसाथ प्रधानमन्त्री ओलीले सडकहरूको एकैचोटी उद्घाटन गर्न लाग्नु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सडक निर्माणकार्य उद्घाटन गर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिनु भयो ।
मन्त्री ठगुन्नाका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा हस्ताक्षर हुनेछ। हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने उहाँले जानकारी दिनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE