टिकटकको आम्दानी एक वर्षमा १११ प्रतिशत वृद्धि, कमायो ४० अर्ब ७१ करोड
४ असार, काठमाडौँ – टिकटकको मुख्य कम्पनी बाइटडान्सले सन् २०२० मा ३४ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् ४० अर्ब ७१ करोड रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।
टिकटकको मुख्य कम्पनी बाइटडान्सले प्रस्तुत गरेको पछिल्लो वित्तीय प्रगतिअनुसार कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा १११ प्रतिशतले बढेको हो ।
त्यस्तै मासिक प्रयोगकर्ता एक अर्ब ९० लाख पुगेको सो प्रतिवेदनमा उल्लेख छ । प्राप्त जानकारीअनुसार कम्पनीले सबैभन्दा बढी आम्दानी टिकटकको चिनियाँ भसर्न डुयिनबाट गरेको छ ।
डुयिनबाट लाइभ स्ट्रिमिङमा हेर्दै सामान खरिद गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा पनि कम्पनीको आम्दानी बढेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE