सेनाले जोगायो मोबाइल र रेडियोको टावर
१७ बैशाख, काठमाडौँ – नेपाली सेनाले लमजुङका दुईवटा सामुदायिक रेडियो र टेलिफोन टावरमा आगलागी हुनबाट बचाएको छ । बेंसीसहर–१, उदिपुरस्थित श्रीजङ गणको टोलिले स्थानीय कालिका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिएर रेडियो र टेलिफोन टावरमा क्षति हुनबाट जोगाएको हो ।
सेनाको सक्रियतामा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएपछि सुन्दरबजार–५, तार्कु गहते डाँडामा रहेको टावरहरुमा सुरक्षित भएका हुन् । बिहीबार बिहान ६ः१५ बजेदेखि सामुदायिक बनमा लागेको डढेलो लागेको खवर पाएसँगै सह सेनानी ऋषिराम न्यौपानेको नेतृत्वमा ४० जना सेना डढेलो नियन्त्रणका लागि खटिएका थिए । सेना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले डढेलो निभाउने प्रयास गरेका थिए । डढेलो नियन्त्रणका लागि पाँच घण्टा बढी समय लागेको नेपाली सेनाले जनाएको छ ।
डढेलो लाग्नबाट सदरमुकाम बेसीशहरमा रहेका सामुदायिक रेडियोहरु रेडियो मस्र्याङ्दी ९५ मेगाहर्ज र रेडियो चौतारी ९१.४ को टावर, नेपाल टेलिकमको टावर, एनसेल टावर सुरक्षित भएका छन् । जंगलमा लागेको डढेलोले सामूदायिक बनमा पुगेको क्षतिबारे एकिन तथ्याँक आउन बाँकी रहेको डिभिजन बन कार्यालय लमजुङले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE