Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रधानन्यायाधीशको प्रश्नः एमाले नभई सरकार बन्ने देखिँदैन, देखिन्छ ?

प्रधानन्यायाधीशको प्रश्नः एमाले नभई सरकार बन्ने देखिँदैन, देखिन्छ ?

२१ असार, काठमाडौं– संसद विघटनसम्बन्धी रिटको जवाफी बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र वरिष्ठ अधिवक्ता हरिहर दाहालबीच संवैधानिक इजलासमा सवाल जवाफ भएको छ।

रिट निवेदकका तर्फबाट जवाफी बहसको सुरुआत गरेका वरिष्ठ अधिवक्ता दाहालले संविधानको धारा ७६(२) अनुसार नै दल चाहिने हो भने उपधारा ५ किन राख्ने ? भनी प्रश्न गरेपछि प्रधानन्यायाधीश राणा र दाहालबीच सवालजवाफ भएको हो ।

सवाल जवाफका क्रममा प्रधानन्यायाधीश राणाले, ‘किन चाहियो यो उपधारा ५ ? शेरबहादुर देउवाको दाबी मात्र संविधान सम्वत हो, अरुको छैन , धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तिका लागि मात्र हो कि अरु पनि छ ? बाँकी अवधि पूरा हुनका लागि हो कि, सार्थकता दिन्छ जस्तो लाग्छ ?’ भनी सोधे ।

दाहालको जवाफ थियो, ‘यही लाग्छ भनेर हामी आएको हो। वैकल्पिक सरकार बन्छ।’

त्यसपछि राणाले अहिले एमाले नभइ सरकार बन्ने देखिन्छ भन्दै प्रश्न गरेका थिए । ‘पहिलो विघटनमा विकल्पमा सरकार बन्ने देखेर बदर गरेको हो। अहिले त एमाले नभई सरकार बन्ने देखिँदैन, देखिन्छ ?’ राणाको प्रश्न थियो।

जवाफमा दाहालले भने, ‘अहिले कांग्रेसको मात्र छैन, माओवादी, जनमोर्चा छ। एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन्। अदालतले संविधान बचाउने कुरा अहिले सोच्ने हो।’

WRITE COMMENTS FOR THIS ARTICLE