Date
शनि, माघ ५, २०८१
Sat, January 18, 2025

कोरोनाभाइरस संक्रमितको नयाँ रेकर्ड, विश्वभर एकैदिन २ लाख ३० हजार जनामा कोरोना

एजेन्सी-कोरोना भाइरसको दैनिक संक्रमितको संख्यामा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० जनामा संक्रमण फेला परेको हो । सबैभन्दा धेरै अमेरिकामा, त्यसपछि ब्राजिल, भारत र दक्षिण अफ्रिकामा कोरोना संक्रमित भेटिएको समाचार छ ।
यस अघिको रेकर्ड भने २ लाख २८ हजार १ सय २ थियो । अहिलेसम्म विश्वभरी कोरोनाभाइरस संक्रमित एक करोड ३० लाखको हाराहारीमा पुगेका छन् । अहिलेसम्म विश्वमा कोरोनाभाइरसले पाँच लाख ६० हजार जनाको मृत्यु भइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE