हामिले किन छानबीन गर्ने-प्रधानमन्त्री ओली
काठमाडौं-कमिसन विवादमा मुछिएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि पार्टीले पनि छानबीन गर्ने कि नगर्ने भन्नेबारे नेकपा भित्र मत भेद भएको छ । नेकपाका दुई अध्यक्ष नै एक अर्कामा सहमत छैनन् ।
बालुवाटारमा बसेको नेकपा सचिवालयको शनिबारको बैठकमा बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो प्रकरणबारे राज्यले मात्रै छानबिन गर्ने कि पार्टीले पनि गर्ने भन्नेबारे दुई अध्यक्षबीच सहमति भएन ।
नेकपा सचिवालय स्रोतका अनुसार बैठकमा दुई एजेन्डा थिए, पहिलो एमसीसी अध्ययनसम्बन्धी, कार्यदलका संयोजक झलनाथ खनालले कार्यदलको प्रतिवेदन प्रस्तुत गर्ने र दोस्रो गोकुल बाँस्कोटा प्रकरणबारे छलफल गर्ने । दोस्रो विषयमा नेताहरूबीच चर्काचर्की नै पर्यो ।
कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराएका थिए । लगत्तै अर्का अध्यक्ष दाहालले बाँस्कोटाबारे धेरै प्रश्न आएकाले यसलाई पार्टीमा छलफलको विषय बनाएर छानबिन गर्नुपर्ने बताएको सचिवालय स्रोतले जानकारी दियो । प्रश्न उठिसकेपछि पार्टीभित्र पनि एक किसिमको विषय बन्नुपर्छ, यसलाई छलफलको विषय बनाउन अध्यक्ष दाहालको भनाईलाई उद्धृत गर्दै स्रोतले भन्यो । दाहालको भनाइमा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा सचिवालय सदस्य रामबहादुर थापा सहमत देखिए । तर प्रधानमन्त्री ओलीले बाँस्कोटाको विषय सरकारको कुरा भएको र अहिले विभिन्न निकायले छानबिन गरिरहेको भन्दै त्यसलाई बैठकमा तन्काउन नहुने बताएका थिए । कान्तिपूर दैनिकमा समाचरा छ ।
अध्ययन र छानबिनका बाँस्कोटाले राजीनामा दिएर बाटो खुला गरिसकेको र सम्बधित निकायहरुले छानबिन गर्न दिन प्रधानमन्त्री ओलीले भन्नुभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार त्यो विषयमा अरू कुरा गरेर के अर्थ हुन्छ र ? भन्ने ओलीको भनाइमा सचिवालय सदस्य ईश्वर पोखरेलले सहमति जनाए भने महासचिव विष्णु पौडेल मौन रहे । प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए । सेक्युरिटी प्रेससम्बद्ध स्विस कम्पनीका प्रतिनिधि विजयप्रकाश मिश्रसँग ७० करोड डिल गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले गत बिहीबार राजीनामा दिएका हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE