प्रमिला कुमारीको आरोप : संसद् विघटन गरेर ओलीले रेकर्ड बनाए
१७ असार, काठमाडौँ – राष्ट्रिय सभाकी सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड बनाएको आरोप लगाएकी छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)की नेतृ प्रमिलाले बिहीवारको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभा २ पटक ओलीले विघटन गरेको आरोप लगाइन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अपव्याख्या गरेको उनको आरोप थियो।
‘शेरबहादुर देउवाले प्रधानमन्त्री दावी गरे पनि राष्ट्रपतिले संविधानको अपव्याख्या गर्नुभयो,’ उनले भनिन्।
ओली समूह बाहेकले उनको कदमको विरोध गरेको प्रमिला कुमारीको आरोप छ।
‘शेरबहादुर देउवाले प्रमको दावी गरेपनि राष्ट्रपतिले अमान्य ठहराउनुभयो। प्रममा ओलीलाई निरन्तरता दिने मनाशयले संविधानको अपव्याख्या गर्नुभयो,’ उनले भनिन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE