Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नेपालको राजनीतिमा पुनः टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ : बाबुराम भट्टराई

१३ फागुन
काठमाडौं –
जनता समाजपार्टी ९जसपा० का नेता डा बाबुराम भट्टराईले उको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने आशंका व्यक्त गर्नुभएको छ । संसद विघट्नको मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलापछि नेपालको राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको बताउनु भएको हो ।

सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै नेता भट्टराईले ुसुप्रिम कोर्टपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको छ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ ।ु उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ । देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकून् । नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है । चेतना भया ।”

WRITE COMMENTS FOR THIS ARTICLE