कालिगण्डकि करिडोर १० फिट चौडा बनाउन काम सुरु, यो सबैभन्दा ठुला अर्थतन्त्रलाई जोड्ने महत्वपुर्ण ट्रान्जिट हुने
सीताराम थापा
बागलुङ-शनिबार कालिगण्डकि करिडोरको उद्घाटन संगै निर्माणकार्य भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कालिगण्डकी करिडोरको उद्घाटन गर्दै यसले गण्डकी प्रदेशको भाग्यरेखा खुलेको बताउनु भयो । उहाँले यस करिडोरलाई दुई छिमेकिराष्ट्र भारत र चिनको धार्मिक पर्यटकहरुको मुख्य मार्गको रुपमा विकास हुने बताउनुभयो । करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको कालाखनेला बगरमा शनिबर समुदघाटन गर्दै मन्त्रि ज्ञावलिले त्रिदेशिय सिधा सम्पर्क निर्माण गरि चिन र भारतमा नेपाल सँग आयातित–निर्यात र पर्यटनको मार्ग प्रश्स्त हुने बताउनु भयो । करिडोर निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ ।

नेपाललाई छिमेकी मुलुक चिन र भारत गरी दुई देश जोड्ने राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको सडक बिस्तारका क्रममा बागलुङमा शिलन्यास गर्दै कालिगण्डकी करिडोरले यस प्रदेशको आर्थिक विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
पहिलो खण्डमा करिडोरको गुल्मीको रुद्रवेणी, अर्वेणी खण्डको २१ किलोमिटर र बागलुङको मालढुंगा–बलेवा खण्डको १० किलोमिटर सडक १० मिटर चौडा गर्ने काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस्तै आगामी आर्थिक बर्षमा रुद्रवेणी–हर्मीचौर खण्ड १५ किलोेमिटर र मालुढंगा–बलेवा १० किलोमिटरको काम सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने योजना रहेको नेपाली सेनाको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताउनुभयो ।

यस अघि गुल्मीको रिडी–पालुङखोला खण्डको ४२ किलोमिटर र बागलुङको पालुङखोला–मालढुंगा खण्ड सम्मको ३८ किलोमिटर सडक ८ मिटर चौडा गर्ने काम भएको थियो । नेपाली सेनाले २०६४ सालमा करिडोरको बागलुङ–बेनी–जोमसोम खण्डको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेको थियो । गुल्मी र बागलुङ खण्डको ८० किलोमिटर सडक निर्माण सम्पन्न भएपछि अहिले रिडीदेखी जोमसोमसम्मको १ सय ७४ किलोमिटर सडकमा यातायात सञ्चालन भैरहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE