पत्रकारलाई तत्काल कोभिडविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश
पत्रकारलाई तत्काल कोभिडविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश
६ असार, काठमाडौं– पत्रकारलाई तत्काल कोरोनाविरुद्धको खोप लाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
पत्रकार तथा अधिवक्ता लिलानाथ घिमिरेद्वारा दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो।
त्यस्तै, अन्तरिम आदेश जारी गर्दै न्यायाधीश कुमार चुडालको इजलासले सरकारलाई १५ दिनभित्रमा लिखित जवाफ पनि पेश गर्न आदेश दिएको छ ।
आदेशमा भनिएको छ, ‘पहिलो डोज खोप लगाइसकेकालाई दोश्रो डोज र पहिलो डोज नलगाएकालाई पहिलो डोज खोप लगाउने व्यवस्था तत्काल गर्नु ।’,
आदेशमा पत्रकारको पेशागत प्रकृति र परिस्थिति अनुसार अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकता दिई कोभिडविरुद्धको खोप लगाउनु पर्ने बताइएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE