Date
शुक्र, माघ २०, २०७९
Fri, February 3, 2023

सत्यवती ताल : जहाँ मनमनै होइन, चिच्याएर वर मागिन्छ !

काठमाडौँ – लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तिनाउ गाउँपालिका ४ स्थित सत्यवती ताल धार्मिक आस्थाको केन्द्र हो । कार्तिक पूर्णिमाका दिन तालको वरिपरि बाँस र पातीका लिंगा गाडेर भक्तजनहरुले भीडमा चिच्याउँदै र भाकल गर्दै जंगलको बीचमा रहेको तालको परिक्रममा गर्ने प्रचलन रहँदै आएको छ । सत्यवतीबज्यै अर्थात सत्यवती देवीको बासस्थान “सत्यवती ताल” हो भनेर भन्ने धार्मिक मान्यता रहेको छ ।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले सत्यवती ताल क्षेत्र महत्वपूर्ण मानिन्छ । करीब १,४००मीटरको उचाइमा रहेको ताल क्षेत्रमा सधैँ चिस्यान रहने हुँदा शितल हावा चल्ने गर्दछ । करीब चार रोपनीक्षेत्रफलमा फैलिएको सत्यवती ताल क्षेत्र वन, वातावरण र जैविक विविधताको हिसाबले तथा चुरेको सीमसारक्षेत्रमा रहेका कारणले पनि महत्वपूर्ण मानिन्छ । तालको छेउमा बाजेबज्यैको मन्दिर छ । तालको वरिपरिघुम्नका लागि भक्तजन र पर्यटकका लागि व्यवस्थित गोरेटो पनि बनाइएको छ । सत्यवती ताल क्षेत्रमाबाजेबज्यै दुवैको मन्दिर रहे पनि विशेष गरी बज्यैसँग चिच्याएर वर माग्दा प्राप्त हुने धार्मिक विश्वास छ ।


मन्दिरमा वा पूजाआजा गर्दा देवी देवतासँग मनमनै ‘वर’ माग्ने चलन रहेपनि सत्यवती ताल क्षेत्रमा रहेकीबज्यैले सुन्दिनन् भन्ने जनविश्वास रहेकाले चिच्याएर ‘वर’ माग्ने चलन छ । ताललाई तीन पटक घुम्दै चिच्याएरवर मागिन्छ । वर माग्न र सत्यवती बज्यैको दर्शन गर्न जाने भक्तजनले बाँस र पातीको लिङ्गो आफूसँगै लिएर जान्छन्न् । सोही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको छ । तालको छेउमा गाडिएको लिङ्गोको पूजा गरे पछि बज्यैको मन्दिरमा पूजा गर्ने र दर्शन गरी टीका ग्रहण गर्ने गरिन्छ ।

सत्यवती ताल जानका लागि बुटबल तिरबाट आउनेलाई केराबारी र झुम्साबाट पूर्व दिशातर्फ पैदल हिँड्नुपर्नेहुन्छ । करिव छ किलोमिटर जंगलको उकालो बाटो हिँडेर सत्यवती क्षेत्रमा पुग्न सकिन्छ । झुम्सादेखि करीबदुई घण्टामा सत्यवती पुग्न सकिन्छ ।

पाल्पाको तानसेन हुँदै सत्यवती ताल पुग्न पनि पाल्पा वुटवल सडककोचौबीस किलोबाट करिव दुई घण्टा उकालो यात्रा गरेपछि सत्यवती ताल पुगिन्छ । मेला अवधिभर भक्तजनकाकारण बाटोमा भीड हुने भएकाले यातायातका साधन सञ्चालनमा रोक लगाइने गरिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE