प्रतिनिधि सभा विघटन सम्बन्धी रिट पेशीमा, आज सुनुवाइ हुने
प्रतिनिधि सभा विघटन सम्बन्धी रिट पेशीमा, आज सुनुवाइ हुने
२६ जेठ, काठमाडौं– प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा आज सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश बिरामी भएपछि दुई दिन रोकिएको सुनुवाइ आज देखि फेरि सुरु हुने भएको हो ।
यसअघि आइतबार दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि रिट विषयवस्तुमा नै प्रवेश भएको थिएन । जसकारण रिट विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दैमा राखेर इजलास स्थगित भएको थियो ।
आज हुने सुनुवाइमा विपक्षीले प्रश्न उठाएपछि न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईले आजको इजलासमा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेका छन् ।
उनीहरु इजलासमा बस्न तयार भए भने इजलास विषयवस्तुमा प्रवेश गर्नेछ ।
यद्यपि उनीहरुले संवैधानिक इजलासमा नबस्ने राय व्यक्त गरेको खण्डमा फेरि संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्नेछ । जसले गर्दा इजलास अझ लम्बिन सक्छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE