आन्तरिक किचलो नेकपा एमाले भित्र अब हुँदैन् : लालबाबु पण्डित
२५ फागुन
काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य, तथा पूर्वमन्त्री लालबाबु पण्डितले अब नेकपा एमाले भित्र आन्तरिक किचलो नहुने बताउनुभएको छ । उहाँले पाँच वर्ष केपी शर्मा ओली नेतृत्वको सरकार रहने दाबी समेत गर्नुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले प्रतिनिधिसभाको कार्यकालभर यही सरकार रहने दाबी गर्दै सो बताउनुभएको हो ।
‘यो सरकार पाँच वर्ष चल्छ। प्रतिनिधिसभाको कार्यकालभर अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन। आन्तरिक किचलो नेकपा एमाले भित्र अब हुँदैन्’ ‘हिजो नेकपा हुँदा जे९जति किचलो थियो त्यो रुपमा अब रहँदैन। उहाँले भन्नुभयो ।
साथै उहाँले पार्टीको नीतिहरूलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अगाडि बढ्ने समेत बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE