Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

देशभर थप ८ हजार ८५० जनामा कोरोना संक्रमण

२६ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ८५० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE