Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

ओलीले धर्मेन्द्रतिर हेर्दै भने– यति थोरै जेलमा बस्न पाए पो, आफू त १४ वर्ष

२१ फागुन
काठमाडौं –
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिनु भएको छ । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमै धर्मेन्द्र बास्तोलालाई बधाइ दिनुभएको हो ।

समारोहको मञ्चमा आसिन व्यक्तिहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले धर्मेन्द्र बास्तोलाको नाम लिनासाथ ‘बधाई छ भर्खरै छुटेर आउनु भयो’ भन्नु भएको थियो । उहाँले अगाडि भने, ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष।।।।’

WRITE COMMENTS FOR THIS ARTICLE