वृद्धभत्ता लिन भीड
७ कात्तिक
मकवानपुर – तीन दिनको पैदल र मोटर यात्रा गरेर बैंक आइपुगेकी पातलीमाया चेपाङको जाबी ९झोला० मा खानेकुरा सकिएको छ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरस्थित बैंक अफ काठमाडौंनजिकै आयुर्वेद औषधालयको सिँढीमा दुई रात बिताएकी ७८ वर्षीया चेपाङले अझै वृद्धभत्ता पाउने टुंगो छैन।
राक्सिराङ गाउँपालिका–७ काँकडास्थित गाईबाङबाट चितवनको भण्डारा हुँदै, मकवानपुरको मनहरी बजारबाट वृद्धभत्ता लिन चैनपुर पुगेकी उनको न खानाको ठेगान छ, न बासको। तैपनि, उनी तीन दिनदेखि बैंक अफ काठमाडौंमा वृद्धभत्ता लिने प्रयासमा छिन्। बुधबार मध्याह्न भेट्दा उनको आत्मबल कमजोर भइसकेको देखिन्थ्यो। नेपाली भाषा राम्ररी नबुझ्ने पातलीमायाले भनिन्, ‘यत्रो भीड छ, लाइनमा बस्न सक्दिनँ, भीडमा म भित्र छिर्न पनि सक्दिनँ। पैसा आयो भने दसैँ किनमेल गरेर घर जाने हजुर।’
छोराबुहारी र नाति÷नातिनीसहित १२ जनाको परिवारमा नगद आम्दानी स्रोत उनको भत्ता मात्रै हो। पातलीमायाको साथमा आएकी उनकी बुहारी सन्छरी चेपाङ पनि मातृभाषा मात्र बोल्न जान्छिन्। १२ हजार भत्ता लिएर घर पुग्दा बाटो खर्च मात्र करिब ४ हजार खर्च हुने पातलीमायाको गुनासो छ। उनीजस्तै गाउँका ९ जना वृद्धवृद्धा गाउँबाट भत्ता बुझ्न आएका छन्।
मध्याह्नको चर्को गर्मीमा लाइन बसेकी ६८ वर्षीया ठूलीमाया मोक्तान बेहोस भइन्। उनलाई बोकेर नजिकै रहेको स्वास्थ्य केन्द्र लगिदिने उनको सहयोगी कोही थिएनन्। सँगै रहेका वृद्धवृद्धाले रूखको छहारीमा लगेर आराम गराएको केही समयपछि उनको होस खुल्यो। ५ घण्टा लाइनमा बसेर बैंकको ढोकानजिक पुगेकी उनको होस खुल्दा लाइन मिचिसकेको थियो। अब त्यो भीडमा पौंठेजोरी खेल्ने उनीसँग साहस थिएन। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE