Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कोरोनाबाट जोगिन म हाइड्रोक्सीक्लोरोक्विन नामक औषधि सेवन गरिरहेको छु : डोनाल्ड ट्रम्प, के भन्छन् विज्ञ ?

एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट जोगिनका लागि हाइड्रोक्सीक्लोरोक्विन नामक औषधि सेवन गरिरहेको जनाएका छन् । ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले भने उनले केहि दिन देखी हाइड्रोक्सीक्लोरोक्विन लिन शुरू गसकेको छु, जुन औलो र ल्युपसको उपचार गर्न प्रयोग गरिने औषधि हो । उनले भने, “मैले यो औषधि करीव डेढ हप्तादेखि लिइरहेको छु र तपाईको अगाडी स्वस्थ छु । यो औषधि सामान्यतया औलोको उपचारमा प्रयोग गरिन्छ । तर यो औषधि कोरोना भाइरसका बिरामीहरूको सन्दर्भमा कती प्रभावकारी छ, अहिलेसम्म कुनै प्रमाण भने भेटिएका छैन् । यद्यपि अहिले यसको क्लिनिकल परीक्षणहरू भइरहेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोनाको उपचारमा हाइड्रोक्सीक्लोरोक्वाइन कत्तिको प्रभावकारी छ भन्ने बारेमा कुनै ठोस प्रमाण छैन ।
के भन्छन ट्रम्प ?
७३ वर्षीय ट्रम्पले सोमबार ह्वाइट हाउसमा रेस्टुरेन्ट व्यवसायसँग सम्बद्ध व्यक्तिहरूसँगको भेट उनले भने, “कति जनाले यो औषधि लिइरहेका छन् भन्ने कुरा जानेर तपाईं छक्क पर्नुहुनेछ । विशेष गरी अग्रपंतिमा काम गर्नेहरूले कोरोना भाइरसबाट बच्नको लागि यो औषधि लिइरहेका छन् । म आफैले यो औषधी लिइरहेको छु ।” हाइड्रोक्सीक्लोरोक्वाइन प्रयोगको लागि कस्तो सकारात्मक प्रमाण भेटाउनु भयो भन्ने प्रश्नको जवाफ दिदै ट्रम्पले भने “मलाई यस सम्बन्धमा धेरै सकारात्मक खबरहरु आएका छन् यहि नै प्रमाण हो ।
ट्रम्पलाई प्रतिक्रिया
धेरैले ट्रम्पको यस भनाइका बारेमा चिन्ता व्यक्त गरेका छन्, धेरै व्यक्तिहरूले यो अषैधिले शरिरलाई खतारा हुन सक्ने जनाएका छन् । वैज्ञानिकहरूले अझै पनि कोरोनाका बिरामीहरूले यस औषधिको प्रयोगबाट फाइदा लिन सक्छन भन्ने कुनै ठोस प्रमाण छैन । उनीहरू भन्छन यस औषधि को प्रयोगले शरीरलाई हानि समेत हुनसक्छ । यसले किडनी र कलेजोलाई पनि हानी र्पुयाउने विषसज्ञहरुको भनाइ छ । एक व्यक्तिले सामाजिक सञ्जालमा लेखेका छन्, “म एक वैज्ञानिक हुँ । मलाई राजनीतिको बारेमा थाहा छैन तर कृपया हाइड्रोक्सीक्लोरोक्वाइन कोरानाबाट बच्नकालागि प्रयोग नागर्नुहोस । यो हानिकारक हुन सक्छ र कोभिड १९ का बिरामीहरू यसबाट निको भए भनेर कुनै तथ्यांकले देखाएको छैन ।
ट्रम्प मात्र होईन, ब्राजिलका राष्ट्रपति जाइर बोल्सनारो पनि यस औषधिलाई समर्थन गर्छन् । बोल्सनारोले एक फेसबुकमा आएको भिडियोमा भनेका थिए, “हाइड्रोक्सीक्लोरोक्वाइन सबै ठाउँमा काम गर्दछ“ । हाल यसले गलत जानकारी फैलाउने भन्दै बोल्सनारोको भिडियो फेसबुक बाट हटाइएको छ । हाइड्रोक्सीक्लोरोक्वाइन लामो समयदेखि मलेरिया ज्वरोलाई कम गर्न प्रयोग गरिन्छ । तर केहि अनुसन्धानकर्ताहरुले यो कोरोना भाइरककालागि पनि लाभदायी हुन सक्ने आशा गरेका छन् । “यो औषधि कत्तिको प्रभावकारी छ भनेर निर्धारण गर्न उच्च गुणस्तरको अनियमित क्लिनिकल परीक्षणहरूको आवश्यक पर्दछ”, अक्सफोर्ड युनिभर्सिटीका कोम गेबनिगीले भनेका छन्, अनले कोरोनाको उपचारमा मलेरियाले पार्ने प्रभावहरूबारे रिपोर्ट लेखेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE