साउदीको ९१ औं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा कार्यक्रम
९ आश्विन, काठमाडौं – काठमाडौंस्थित साउदी अरबको राजदूतावासले आफ्नो ९१ औं राष्ट्रिय दिवसको अवसरमा राजधानीमा एक कार्यक्रमको गरेको छ ।समारोहमा ‘साउदी अरब भिजन २०३०’ को विषयमा जानकारी गराइएको थियो।
भिजन २०३० साउदी अरबको अर्थतन्त्रमा तेलमाथि रहेको निर्भरतालाई कम, अर्थतन्त्रलाई विविधिकरण गर्ने, तेल बाहेकको अन्तर्राष्ट्रिय व्यापारलाई विस्तार गर्ने, शिक्षा, स्वास्थ्य, मनोरञ्जनसहितको क्षेत्र विकास गर्नेसहितका योजना रहेको छ ।
साउदी अरबको कुल निर्यातमध्ये ८५ प्रतिशत हिस्सा तेलले ओगट्छ । अर्थतन्त्रमा ४२ प्रतिशत योगदान पेट्रोलियन उत्पादनको छ । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले सन् २०१६ मा साउदी अरब भिजन २०३० अघि सार्नुभएको हो।
शुक्रबार साँझ भएको समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख अतिथि हुनुहुुन्थ्यो। समारोहमा सरकारका उच्चपदस्थ अधिकारीहरू, विभिन्न देशका राजदूत, व्यवासायी, राजनीतिक दलका नेताहरु, सांसद तथा विभिन्न संघसंस्थामा सम्बन्ध व्यक्तिहरुको उपस्थित रहेको थियो । सन् १९३२ सेप्टेम्बर २३का दिन तत्कालीन राजाले नेज्द एन्ड हेजाजलाई साउदी अरब नामाकरण गरेको दिनको स्मरणमा प्रत्येक वर्ष राष्ट्रिय दिवस बनाउने गर्छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE