Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने कांग्रेसका तीन प्रभावशली नेताहरुको निष्कर्ष

केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने कांग्रेसका तीन प्रभावशली नेताहरुको निष्कर्ष

१५ असार, काठमाडौं– नेपाली कांग्रेसका तीन प्रभावशाली नेताहरु अब केन्द्रीय सदस्यहरुसँग छलफलमा जुट्ने भएका छन् ।

नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह अब केन्द्रीय सदस्यहरुसँग छलफलमा जुट्ने भएका हुन्।

प्रभावशाली तीन नेताले एकअर्काको घरमा पालैपालो गई महाधिवेशनका विषयमा छलफल गरेका थिए । यो संवादको क्रममा गएको एक हप्ताभिमा भएको हो ।

तीन प्रभावशाली नेताहरुले मंगलबार सिंहको निवास चाक्सीबारीमा छलफल गरेका हुन् ।

उनीहरुले आगामी शुक्रबार केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

त्यसलगत्तै १३ औं महाधिवेशनमा सभापतिको उम्मेवारहरुसँग छुट्टाछुट्टै छलफल उनीहरुको तयारी रहेको बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE