Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

माइक्रोसफ्टले २०२५ देखि विण्डोज १० बन्द गर्ने

माइक्रोसफ्टले २०२५ देखि विण्डोज १० बन्द गर्ने

एजेन्सी– माइक्रोसफ्टले विण्डोज १० लाई बन्द गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले अक्टुबर १४, २०२५ देखि विण्डोज १० बन्द गर्ने घोषणा गरेको हो ।

विण्डोज १० अपरेटिङ सिस्टम सार्वजनिक भएको १० वर्षपछि कम्पनीले यसको बन्द गर्ने मिति घोषणा गरेको हो । थुरोटले प्रकाशन गरेको एक रिपोर्टमा कम्पनीले विण्डोज १० होम र प्रोको सपोर्ट बन्द गर्ने मिति तय गरेको जनाएको छ ।

कम्पनीको यो निर्णयले नयाँ अपरेटिङ सिस्टम चाँडै नै सार्वजनिक हुने धेरैको अनुमान छ । अर्को हप्ता माइक्रोसफ्टले गर्ने विण्डोज इभेन्टमा ओएसको ‘नेक्स्ट जेनेरेसन’ सार्वजनिक हुनसक्ने बताइएको छ ।

एक साताअभिमात्र युट्युबमा टिजर सार्वजनिक भएको नै विण्डोज ११ रहेको धेरैको अनुमान छ । विण्डोजको नयाँ आउने संस्करणमा युजर इन्टरफेसमा व्यापक परिवर्तन हुने चर्चा छ जसमा आधुनिक सुविधाहरु थपिने बताइएको छ ।

माइक्रोसफ्टले नयाँ संस्करणको लागि ‘सन भ्याली’ कोडनेममा दिएको छ ।

माइक्रोसफ्टले यसअघि अक्टुबर १३, २०२० मा विण्डोज १० को सपोर्ट बन्द गर्ने घोषणा गरेतापनि नयाँ अपरेटिङ सार्वजनिक नगरी विण्डोज १० मा नियमित अपडेट र सपोर्ट दिँदै आएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE