टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेका बेला प्रस्तोताले झिँगो निलेपछि….
एजेन्सी – क्यानाडाकी एकजना समाचार वाचिकाले टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेका बेला अचानक मुखमा परेको झिँगो निलेकी छन् । झिँगो निल्न पुगेको भाइरल भिडियो उनी आफैँले पनि सेयर गरेकी छन् ।
सो भिडियोमा झिँगो निलेपछि समाचार वाचिका फराह नासेरले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ ।
ग्लोबल न्युज टेलिभिजनकी प्रस्तोता नासेरले अचानक उडेर आइ मुखमा छिरेको झिँगो निलेर समाचारलाई निरन्तरता दिएको सो भिडियोलाई आफ्नो ट्विटरमा अपलोड गरेकी हुन् ।
उनले ‘अचेल सबैलाई हाँस्नु जरुरत छ र आज अन एयरमै मैले झिँगो निल्न पुगेँ’ भन्ने संक्षिप्त क्याप्सनसहित भिडियो अपलोड गरेकी हुन् ।
उनले केही समयअघि मात्रै ओन्टारियोका प्रिमियर डोउग फोर्डले पनि क्यामेरासामु नै माहुरी निलेको अर्को रोचक प्रसँग पनि उल्लेख गरेकी छन् ।
नासेरले पाकिस्तानमा मनसुनको कारण आएको भीषण वर्षा र बाढीबारे समाचार वाचन गरिरहेकी थिइन् । यस सम्बन्धमा हालै एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले भनिन्, “मेरो घाँटी पछाडि झिँगो फट्फटाइरहेको मैले महसुस गरिरहेकी थिए । त्यो घाँटी मुनि जान नसकेर अड्किरहेको थियो ।”
यो भिडियो अहिलेसम्म एक लाख भन्दा धेरै पटक हेरिइसकेको छ । – एजेन्सीको सहयोगमा
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE