काम गर्दै गर्दा कोरोना संक्रमित भएछु
म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु ।
मलाइ थाहा छ कि म केवल प्रमाणपत्रका लागि मात्र पढेको होइन जस्तो सुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकुँ र गर्छु भनेर नर्स पेशा अंगालेको हुँ। आफ्ना ब्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केहि वर्ष भैसकेछ। काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेको थिएनौँ ।
तर एक्कासी संसारलाइ नै तर्साउने गरी कोरोना भाइरस फैलियो। कयौँ देशहरुमा हजारौँ नागरिकको ज्यान गयो। बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो। तर, कहिल्यै हतोत्साहित नभई निरन्तर आफ्नो कर्ममा लागिरहे मैले सोचेकी म एकजना नर्सले गार्हो हुने भयो म संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझाबलाइ ग्रहण गर्दै काममा लागिरहे ।
घरमा बुवा आमा भाइ बहिनीलाई आफैले सम्झाए म मा मात्र सिमित छैन बाबा ममि मैले समाजका लागि काम गर्नु पर्छ म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अंगालेको अर्थ हुदैन न आतिनु म सुरक्षित भएर बिरामीको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउदै आफ्नो कर्ममा लागिरहे ।
कयौँ रात बाबा ममि निदाउनुभएको छैन कतै छोरी संक्रमित त हुने होइन भनेर भोलि समाजले के भन्ला छि छि र दुर गर्ला भन्ने चिन्तामा परिवार हुनुहुन्थ्यो ।
केहि दिन अगाडी अस्पतालमा उपचार गरिरहनुभएका बिरामीमा कोरोना पोजेटीभ भयो रे भन्ने सुने उहाँहरुलाइ सधै हामीर्ले रेखदेख गरिरहेका हुन्थ्या्रँ। एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु पछि आफुलाइ समाले त्यसपछि हामीलाइ छुट्टै ठाउँमा राखियो । त्यसको पर्सि पल्ट म लगायत हामी साथिहरुको कोरोना परीक्षणका लागि स्वाब लगियो नभन्दै हाम्रो रिपोर्ट पनि पोजेटीभ आयो। एकछिन तनाबमा रहे कसरि घर भन्ने होला अब के हुने हो भन्ने भयो।
म आफुलाइ समाले म आज कमजोर महसुस गरे पनि मेरो परिवारलाइ चिन्ता हुन्छ। समाजलाइ चिन्ता पर्छ मैले मनोबल दरो बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उच्च बनाएर मैले यो रोगलाइ परास्त गर्छु भन्ने आत्मबिश्वास लिएको छु फेरि परास्त गर्छु पनि। आज मलाइ गर्व छ म आत्तिएकी छैन बिरामीको सेवा गर्दा म कर्म पुरा गर्दा म संक्रमित भएकि हुँ। हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस्। हामीले रोग रहरले सारेका हैनौँ। आफ्नो जिम्मेवारी पुरा गर्दा हो। पहिला नै हामी डराएर बिरामीको सेवा नगरेको भए बिरामीको अवस्था के हुन्थ्यो। सबैको सोच सकारात्मक बनोस्। संक्रमित नर्स डाक्टर सुरक्षाकर्मी लगायत आम नागरिकलाइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन, डाक्टर, नर्स, परिवार, साथि भाइ, आफन्तजन, समाजका सबै नागरिकहरु प्रति अस्पतालको बेडबाट धन्यवाद ब्यक्त गर्दछु। सन्चो भएपछि उही मनोबलका साथ हजारौँ बिरामिको सेवा गर्नेछु। मलार्इ नर्स हुनुमा गर्व छ । बाबा मामु न आत्तिनु हजुरको छोरी झन मनोबल दरो बनाएर रोगलाइ परास्त गरेर कर्ममा फर्किन्छे। म हारेको छैन झन म मा मनोबल दरो भएको छ ।
यो पोष्ट कोभिड-१९ संक्रमित नर्स सिम्रन तिवारीको फेसबुक पोष्टबाट साभार गरिएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE