Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

रवि लामिछानेले टिभी छाडेपनि न्युज २४ बाट ‘सिधाकुरा जनतासँग’ निरन्तर प्रसारण हुदै

१० माघ
काठमाडौं –
न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले हालै उक्त टिभी छाडेका छन्। केहि नयाँ र परिस्कृत भर्जन सहित सोही कार्यक्रम अन्य टिभीबाट ल्याउने रवीको तयारी छ।

रविले न्युज २४ टिभी छाडेको र फेरि छिट्टै सोही कार्यक्रम लिएर आउने भन्दै शनिबार सामाजिक सञ्जालबाट ‘सिधाकुरा जनतासँग’ का लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन्। यसैबीच, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रशारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ।

रवि लामिछाने बिनानै उक्त कार्यक्रम टेलिभिजनबाट प्रसारण हुने सो टिभीले जनाएको छ। रविले टिभी छाडेर गएपनि कार्यक्रम लगेर जान नसक्ने र सो कुरा टिभीको सम्पत्ति भएको टेलिभिजन व्यवस्थापनले जनाएको छ।

रवि लामिछाने र उनी कार्यरत न्युज २४ टिभी बीच सिधा कुरा जनतासँगको कपिराइटको विवाद देखिएपछि उक्त कुरा अब कानुनी लडाईमा लग्ने दुवै पक्षको तयारी छ।

WRITE COMMENTS FOR THIS ARTICLE