दोरम्बामा ‘प्रथम राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको आयोजना हुदै
२९ फागुन
काठमाडौँ – दोरम्बा गाउँपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ । रनिङ शिल्ड यहि चैत ३,४ र ५ गते दोरम्बा २ स्थित काकलिङ माविमा हुने गाँउपालिकाले जनाएको छ ।
प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ को उद्घाटन समारोहको तयारी अन्तिम चरणमा पुगेको दोरम्बा गाउँपालिकाको शिक्षा शाखा प्रमुख धनध्वज लामाले जानकारी दिनु भएको हो।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोरम्बा गाउँपालिकामा रहेको सबै विद्यालय सहभागी हुनेछन् । प्रतियोतामा एथलेटिक्स, भलिबल, कवड्डी, तेक्वान्दो, कराते लगायतका खेल हुने लामाले जानकारी दिनुभयो ।
साथै, खेल भव्य र सव्य रूपमा सम्पन्न हुने खेल मुल आयोजक तथा उप समितिका संयोजन समितिका सदस्य रञ्जित मोक्तानले बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE