Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

रित्तो अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह, जोखिम अझै टरिनसकेको मन्त्रालयको भनाइ

रित्तो अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह, जोखिम अझै टरिनसकेको मन्त्रालयको भनाइ

२५ जेठ, काठमाडौं– महामारीको जोखिम नटरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाली अक्सिजन सिलिन्डर भर्न आग्रह गरेको छ । पछिल्ला केही दिनयता संक्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेकोले सिलिन्डर भरेर राख्न मन्त्रालयले बताएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिलिन्डरहरु व्यक्तिका घर, टोल, आइसोलेसन सेन्टर र अस्पतालमा भएका रित्ता सिलिन्डर भरेर राख्न अनुरोध गर्नुभएको हो ।

खाली सिलिन्डरहरु समयमै उद्योगमा आइ नपुग्ने गरेको हुँदा आपूर्ति प्रणालीमा असर पर्ने र जटिल संक्रमितलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न मन्त्रालयले आग्रह गरेको जनाइएको छ । विज्ञप्तीमा, ‘जुनसुकै व्यक्ति, संस्था, निकायले जुनसुकै बहानामा लैजानुभएको अक्सिजन सिलिन्डर यथाशक्य चाँडो जुन उद्योगको सिलिन्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ’, लेखिएको छ ।

मन्त्रालयले विज्ञप्तीमार्फत अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट÷ट्यांक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन पनि भनेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE