Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

माधव नेपाल पक्ष पनि सरकारमा सहभागि हुने

माधव नेपाल पक्ष पनि सरकारमा सहभागि हुने

१२ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष वर्तमान सरकारमा सहभागि हुने भएको छ । नेपाल पक्ष पाँच दलीय गठबन्धनबाट बनेको देउवा सरकारमा आफूहरु सहभागी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले वचन दिएका हुन् ।

मंगलबार बिहान नेपालसँगको भेटपछि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नेपालले भनेको कुरा जस्ताको तस्तै भनेका थिए ।

‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छ,’ अध्यक्ष प्रचण्डले भने ।

बैठकमा अध्यक्ष प्रचण्डले नेपालको भागमा एक प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको बताएका छन्। अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ ।’

ओली सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरु फेर्न हाल मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE