Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

प्रदीप ज्ञवालीले भने : एमसीसी सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली

२ आश्विन, काठमाडौँ – नेकपा एमालेका प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता देउवा सरकारले गरेर गाली भने तत्कालीन ओली सरकारले खाएको बताउनुभको छ।

टोखाको नयाँ किरण समूहद्वारा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण’ कार्यक्रममा बोल्दै उहाँले देउवा सरकारले एमसीसी सम्झौता गरेर तत्कालीन ओली सरकारले गाली खानुपरेको बताउनुभयो ।

‘त्यो सरकारको प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णवहादुर महरा, हस्ताक्षर गर्ने त्यो बेलाका अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की अहिले कानूनमन्त्री हुनुहुन्छ । त्यो सरकारका गृहमन्त्री जनार्दन शर्मा अहिले अर्थमन्त्री हुनुहुन्छ ।

उहाँहरुले गरेको त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो,’ उहाँले भन्नुभयो , ‘अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाऔं भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली ।’

नेता ज्ञवालीले यदी एमसीसी सहि थियो भने अहिले किन रोकिएको भन्दै उहाँले प्रश्न गर्नुभएको छ । उहाँका अनुसार आज उहाँहरुसँग १६५ जनाको संख्या छ उहाँहरुले अगाडी बढाउने हो भने अगाडी बढाए हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE