पर्साका दुई डिस्टीलरी सञ्चालकलाई राजश्व छलीको अभियोगमा कैद सजाय
पर्सा-करोडौँ राजश्व छल्ने पर्सा जिल्लाका दुई डिस्टलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले ३१ करोडभन्दा बढी जरिवानासहित एक वर्ष कैद गर्ने निर्णय गरेको छ । पर्साका जय श्री धौलागिरि डिस्टलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेको प्रमाणित भएकाले कार्यालयले दुवै उद्योगका सञ्चालकलाई कारबाही गरेको हो ।
उदयपुर डिष्टलरीले ३६ लाख ६९ हजार ७ सय ४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेको र धौलागिरि डिष्टलरीले सात लाख ४५ हजार ६ सय १५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेको राजस्व कार्यालय पर्साले जनाएको छ । उदयपुर डिष्टलरीका सञ्चालक ओम प्रकाश कलवारलाई २६ करोड १६ लाख रुपैयाँ जरिवानासहित एक वर्ष कैद र धौलागिरीका सञ्चालक शम्भुशरणप्रसाद कलवारलाई एक वर्ष कैद र पाँच करोड ४७ लाख रुपैयाँ जरिवाना गरिएको जनाइएको छ ।
दुवै सञ्चालकको जायजथा बिक्री तथा लिलाम गरी जरिवानाको रकम असुलउपर नभए फौजदारी संहितानुसार थप सात वर्ष कैद सजाय गरिने उक्त कार्यालयले जनाएको छ । दुवै उद्योग सञ्चालकलाई वीरगञ्ज कारागार पठाइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE