सोमबारको बहसमा सरकारी पक्षका अधिवक्ताहरूसँग जंगिए प्रधानन्यायाधीश जबरा
२६ माघ
काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सोमबारको बहसमा सरकारी पक्षका अधिवक्ताहरूसँग जंगिनु भएको छ । सरकारी पक्षका अधिवक्ताहरुले गरिरहेको बहसमा विषेशतस् समयसीमाको पालना गराउदै प्रधानन्याधीश जबरा अधिवक्ताहरुसँग जंगिनु भएको हो ।
सर्वप्रथम जबरा तोकिएको समयभित्रै बहस नसकेपछि ईश्वरीप्रसाद भट्टराईसँग जंगिनुभयो । उहाँले सुरुमै बहसका लागि इजालस प्रवेश गर्नुभएका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेटमा आफ्नो बहस सक्न आग्रह गर्नुभएको थियो । तर भट्टराईले ३० मिनेट बहस गर्नुभएको थियो । त्यसपछि जबराले पुरक बहस भए नोटमा दिन आग्रह गर्नुभयो । अर्को साथीलाई गाइड गर्नुस् भनेर पकट पटक सम्झाउदा पनि बहसलाई अघि बढाएपछि प्रधानन्यायाधीश जबरा जंगिनु भएको थियो ।
त्यसपछि फेरी भट्टराईले बहस अघि बढाउन खोजेपछि जबराले भन्नुभयो, ‘हाम्रो बाध्यता बुझ्नुहुन्न र? भनेको किन नमानेको ?’
त्यसपछि बहसका लागि आउनु भएका अधिवक्ता महेश नेपालले प्रधानमनत्रीलाई संसद विघटन गर्ने अधिकार संसलीय व्यावस्थामा भएको भनेर भन्नुभयो । तर उहाँको भनाइलाई प्रधानन्यायाधीश जबराले यो बिषय धेरै पटक आएको भनेर रोक्नुभयो।
त्यसपछि अर्को अधिवक्ता सीपी रेग्मीले भने वर पर गरेरै केही मिनेट समय कटाउनु पर्यो । उहाँले सिटबाट उठेर पोडियममा पुगे जाँदा आफ्नो झाला र साथमा भएका कागज उतौ छोड्नु भएछ । उहाँले पट९ पटक नै ओहोर दोहोर गर्नु भएपछि जबराले भन्नुभयो, ‘यता उता गर्दा गर्दै तपाईँको समय सकियो, छिटो आउनुस्।’ फेरि थप्नुभयो, ‘मुख्य बुदा दिनुस् ।’
त्यसपछि रेग्मीको पनि समय सकिएको थियो । तर समयको ख्याल नगरि अधिवक्ता रेग्मी बोलिरहनुभयो । उहाँले संसदीय मुलुकहरुमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार हुने बताउनु भयो । उहाँले संसदीय मुलुकहरुको विभिन्न उदाहारण प्रस्तुत गर्दै गर्दा प्रधानन्याधाधीशले रोक्नुस् भन्दै बारम्बार आग्रह गर्नुपरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE