Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

चीन, कतार र टर्कीमा साताको एक दिन उडान गर्ने सरकारको निर्णय, चाटर्ड उडानमा अनियमितता हुने गरेको पर्यटनमन्त्रीको संकेत

चीन, कतार र टर्कीमा साताको एक दिन उडान गर्ने सरकारको निर्णय, चाटर्ड उडानमा अनियमितता हुने गरेको पर्यटनमन्त्रीको संकेत

१४ जेठ, काठमाडौं– सरकारले १८ जेठबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको बताउनुभयो ।

मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री ढकालले सबै उडान नभएको अवस्थामा हुन सक्ने अनियमिततालार्य रोक्नका लागि सातामा एक दिन मात्र उडानको अनुमति दिने निर्णय भएको बताउनुभयो ।
‘फ्लाइटहरु बन्द भएका कारणले विभिन्न खालका कुटनीतिक प्रयासहरुबाट जाने र अरु अनुरोधहरुबाट कतिपय फ्लाइटहरु जाने हुँदा त्यसमा पनि अनियमितता हुने भएको हुनाले बरु थोरै देशबाट भएपनि नियमित खालका उडानहरुलाई गरियो भने कम्तिमा त्यसमा अनियमितताहरु नहुनेकुरा, व्यक्तिहरुका विचमा अलि खुल्ला हुने कुरा र हप्तामा एकचोटी जान्छ भनेपछि आफ्नो सेड्युल बनाएर मान्छे जानसक्छ भनेर हिजोको मन्त्रीपरिषद् बैठकबाट हामीले चीन, कतार र टर्कीको निम्ति हप्तामा एकचोटी नियमित फ्लाइट गर्ने भन्ने कुरालाई संस्थागत रुपमा निर्णय गरेका छौँ ।’ उहाँले भन्नुभयो ।

‘ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिड १९ संक्रमण विरुद्धका दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टीननमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टीनमा बस्नुपर्ने, ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपर्ने’ नियम रहेको उहाँले बताउनुभयो ।

संकटमा परेका व्यक्तिहरु शोषणमा नपरुन् भन्ने उद्देश्यका साथ यो निर्णय गर्नुपरेको स्वास्थ्यमन्त्री ढकालले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE