संसद विघटन मुद्दाः जवाफी बहस सकियो, एमिकस क्युरीको पालो
संसद विघटन मुद्दाः जवाफी बहस सकियो, एमिकस क्युरीको पालो
२१ असार, काठमाडौं– संसद विघटन सम्बन्धी रिटमा रिट निवेदकको तर्फबाट जवाफी बहस सकिएको छ।
जवाफी बहसमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, बद्रीबहादुर कार्की, शम्भु थापा र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका हुन्।
जवाफी बहसका लागि इजलासले प्रदान गरेको ३ घण्टाको समयमा निवेदकतर्फकाले बहस सकेका हु ।
सोमबारको टि ब्रेक पहिले उनीहरुको तर्फबाट बहस सकिएको हो।
टि ब्रेकपछि अब एमिकस क्युरीले आफ्नो राय इजलासलाई दिनेछन् ।
एमिकस क्युरीका लागि बहस गर्न इजलासले २ घण्टा समय निर्धारण गरेको छ ।
उनीहरुको रायपछि सुनुवाइ सकिनेछ ।
यद्यपि अदालतले फैसला कहिले आउने निश्चित गरेको छैन ।
बहस सकिएपछि इजलासले फैसलाको मिति पनि जानकारी गराउनेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE