प्रहरी विद्यालय कार्यक्रम अन्तर्गत नेश्नल एकेडेमीमा समिति गठन
काठमाडौँ – नेपाल प्रहरी र विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत नेश्नल एकेडेमीमा समिति गठन गरिएको छ । बुद्धनगरस्थित विद्यालयमा नै एक कार्यक्रममाबीच समिति गठन गरिएको हो । कार्यक्रममा बोल्दै महानगरीय प्रहरी बृत्त नयाँनेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक मिम बहादुर लामाले विद्यालयको विद्यार्थीको कारण पनि धेरै अपराधिक क्रियाकलाप रोकिने बताउनु भयो । उहाँले भन्नुभयो, धेरैलाई गारो पर्यो भने प्रहरीलाई कसरी खबर गर्ने भन्ने कुरा नै थाहा नहुन सक्छ, विद्यार्थी भाइबहिनीहरु अप्ठारोमा परेको मानिसलाई प्रहरीलाई यसरी सम्पर्क गर्ने भन्ने कुरामात्र सिकाइदिनुभयो भने, प्रहरीलाई ठूलो सहयोग भइहाल्यो ।

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मोहना मोथे खनालले विद्यार्थीको सहयोगबाट शान्तिपूर्ण समाजको निर्माण गर्न सकिनुका साथै प्रहरीलाई समेत सहजता हुने बताउनु भयो । घरमा बालबालिका कारण धेरै कुराहरु परिवर्तन भएका हुन्छन्, समाजमा पनि त्यस्तै हो, उहाँले भन्नुभयो । समिति गठन कार्यक्रममा अभिभावक, लायन्स क्लबका पदाधिकारी, विद्यालयको सञ्चालक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर १० का प्रहरी हवलदार तारा राम दयालले गर्नुभएको थियो ।



RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE