छि… त्यस्तो नि सम्बन्ध !

सम्बन्ध बन्नको लागि सबै चिजको मिश्राण उचित हुन्छ जस्तो कि मिठो चिया बन्नका लागि चिनी, चिया, पानी, दुध अझ त्यसलाई मिठास दिनको लागि चिया मसला त्यस्तै एक असल सम्बन्ध निर्माण हुनको लागि आस, भरोसा, आत्मविश्वास र त्यसलाई पुर्णता दिनको लागि प्रेमको आवश्यकता हुन्छ । दुई अक्षरले बनेको मित्र भन्ने शब्द सामाजिक सञ्जालमा जता ततै स्पष्ट संग देखिन सकिन्छ तर त्यसको मतलब त्यसलाई थाहा हुन्छ जसले मित्र शब्दमा अझै मिठास र पुर्णता ल्याउनको लागि ता थपेर मित्रताको निमार्ण गरेको हुन्छ र मित्रतालाई पुर्णता बनाउने कोसिस गरेको हुन्छ ।
सामान्य हाई हेलो देखीको घनिष्टता सम्म पुगेको सम्बन्धलाई आज भोलीको डिप्लोम्याटिक भाषामा मित्रता अथवा सम्बन्ध भनिदो रहेछ । जुन चिज आमा, बाबु देखी दाजु भाई तथा साथि भाईमा पनि लागु हुन्छ । सडक पेटीको छेउ छाउमा मस्किएर आत समातेर हिड्ने देखी असहाय व्यक्तिहरुलाई सहायता दिने सम्मले सम्बन्धको बारेमा चर्चा तथा परिचर्चा गर्नलाई कुनै कसुर राख्दैन होला । मेरो व्यक्तिगत विचारमा सम्बन्ध त्यो हो जसले भौतिक रुपमा टाढा रहेर पनि आफ्नोपनको आभाष दिन सकोस् । असल सम्बन्धमा दुधको दुध र पानीको पानी छुट्टिन जरुरी हुन्छ । त्यस्ता सम्बन्धलाई के सम्बन्ध भन्नु जो विवाह अगाडी असल साथि बन्छ र सबै कुरा सेयर गर्छ तर विवाह पछि साथिको साथित्वलाई पुर्णविराम लगाएर आफ्नो जिवनको सफर गर्छ । त्यस्तो मित्रता जो कलेजको संगै बेन्च बसुन्जेल आफ्नो जिवनमा त्यो साथि पाएकोमा ठुलो के्रडिट ठान्छ र कलेजको अन्तिम वर्ष आउदै गर्दा दुस्मन मान्न तयार हुन्छ । साथित्वको मात्र होइन दाजु भाइमा पनि त्यहि लागु हुन्छ त्यो दाजु जसको के काम जो आफ्नो टाइमपास गर्नका लागि मात्र आफ्नो भाईलाई भाइचारा सिकाउछ र स्वार्थ मात्र लिन खोज्छ ।
भन्न पनि लाज मर्दो सम्बन्ध जस्लाई म घृणता पुर्वक भन्छु कि छि त्यस्तो पनि सम्बन्ध । जस्लाई सम्बन्धको नाउँका कंलक जस्तै बन्दै गएको छ । हुन त आज भोलीको सम्बन्धहरु महंगो पनि बन्दै गएको छ । तिहारमा टिका लगाउने बहिनीले कुन दाजुले कति दक्षिणा दिन्छ त्यो हेरेर उपहार किन्छिन् । दाजु भाइको लागि म ढाल बन्न तयार छु भनेर बाचा सहित रक्षाबन्धनको दिन राखी लगाउने बहिनीले दाजु भाईको कमाई अनुसारको राखी किन्छे । दाजु भाई जस्तो पवित्र सम्बन्धमा पनि कंलक देखिन थालेको छ । जस्लाई मैले यस लेखमा भन्न जरुरी नै छैन । जुन समाचार माध्यममा स्पष्ट संग देखि रहेको छ ।
आजभोली पावर र टावरको भरमा सम्बन्ध स्थापित हुन थालेका छन् । विश्वसनियता र आत्मिएतम हराएका सम्बन्धहरु धेरै देखे पढे तथा सुनेको छु । स्वार्थको बिचमा सम्बन्ध उभिएकै कारण आजभोली प्रेममा धोका, विवाहमा सम्बन्ध विच्छेद, दाजु भाई तथा दिदि बहिनी बिच बोलचाल बन्द आमाबाबु वृद्ध आश्रम सम्म पुग्न बाध्य भएका हुन् । सम्बन्धमा समस्याबाट हटेर होईन डटेर लाग्नु पर्छ । सम्बन्ध भन्ने कुरा आफुले निर्माण गर्ने कुरा जस्लाई पनि मानिसहरुले स्वार्थको नजरले हेर्न थालि सके । सम्बन्ध होईन अब सम हटेर बन्ध मात्र बाकी रहन थालेको छ । यदि यसैगरी सम्बन्धको नाममो कंलक बन्दै जाने हो भने यस्लाई यो भन्न बाध्य हुने छौँ छि… यस्तो पनि सम्बन्ध ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE