Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा

१६ जेठ, काठमाडौँ – सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ। विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालयस्थित अडिटोरियम हलमा आयोजना गरेको हो।

यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ।

‘हामीले टुँडिखेलमै कार्यक्रम आयोजना गर्ने तयारी गरेका थियौं तर निरन्तर पानी परेपछि स्थान परिवर्तन गर्नुपरेको हो,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने। वर्षका कारण बाहिर कार्यक्रम गर्नसक्ने अवस्था नभएपछि सैनिक मुख्यालयको हलमा कार्यक्रम आयोजना गरिएको उनले बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE