नक्कली प्रमुख सचेतकले ह्विप जारी गरेर निकाल्छु भन्दा कोही पत्याउँछ ? : नेता रावल
१७ फागुन
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई उहाँले हटाउन नसक्ने दाबी गर्नुभएको छ ।
आइतवार काठमाण्डौमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्विप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताउनुभएको हो । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्विप मान्न नपर्ने पनि रावलले बताउनुभयो । त्यसरी निकाल्नका लागि केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरूको बहुमत रहेको उहाँको भनाइ छ । बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने पनि नेता रावलले बताउनुभयो ।
पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावलले गर्नुभयो । निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि उहाँले बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति फेरि त्यही दल र हैसियतबाट नटिक्ने पनि उहाँको भनाइ छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE