Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

पत्रपत्रिका

एमालेको मधेस मिसन

काठमाडौँ – मधेसवादी दलहरू आपसमा मिल्न नसक्दा ठुला पार्टीको ओत लाग्ने अवस्थामा पुगेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेको शरणमा पुगेका छन् । लोसपाले एमालेसँग सिट बाँडफाँटका लागि वार्ता समिति बनाइसकेको छ। एमालेलाई मधेस प्रदेशमा […]

दसैँ बजार लक्षित चौपायाका स्वास्थ्य परीक्षण शुरू हुँदै, सिङमा हरियो रङ भएको मात्र किन्नु पर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो । स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका […]

रित्तिँदै गाउँ भरिँदै सहर

काठमाडौँ – बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १० किलोमिटर दूरीमा पर्छ, मकवानपुरगढी गाउँपालिका–६ झल्ला । यहाँका भरत चौलागाईं आफ्ना दुई छोरालाई हेटौंडा क्याम्पसमा पढाउन २ वर्ष कोठा भाडामा लिएर बजारमा बसे । पछिल्लो दुई वर्षयता भरत रोजगारी क्रममा भारतमा छन् । श्रीमती र दुई छोरा हेटौंडा बजारमै बस्छन् । ‘गाउँमा झन्डै १० कठ्ठा बारी बाँझै […]

दसैं र तिहारमा रेमिट्यान्सको भर

काठमाडौँ – दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ । विशेषगरी दसैं र तिहारमा रेमिट्यान्सले देशको भन्दा पनि व्यक्तिको आर्थिक हैसियत चलायमान बनाउने गरेको […]

पहिलोपल्ट गाउँमै भोट हाल्दै तेम्बाथान र तेगाबासी

काठमाडौँ – जुगल हिमालको काखमा रहेको सिन्धुका अन्तिम दुई गाउँ तेम्बाथान र तेगाका बासिन्दाले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गाउँमै भोट खसाल्न पाउने भएका छन्। सदरमुकाम चौताराबाट एक दिन टाढा उत्तर(पश्चिममतर्फ रहेका यी बस्तीका मतदाताले पहिलोपटक गाउँमै भोट खसाल्न लागेका हुन् । निर्वाचन आयोगले गाउँमै मतदान केन्द्र राखेर त्यहाँका मतदातालाई ऐतिहासिक अवसर दिएको […]

काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

काठमाडौँ – टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न […]

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

काठमाडौँ – विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमतिमा छ जना आरोहीको टोलीले परीक्षण उडानको अभ्यास गरिरहेको छ। इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा […]

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने

काठमाडौँ – काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको […]

खोला बढेपछि परीक्षा स्थगित

हेटौंडा – विद्यार्थीले खोला तर्न नसकेपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित कालभैरव प्राथमिक विद्यालय धेत्रेदमारमा अध्ययनरत विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । अविरल पानी पर्दा खोलामा बाढी आएकाले थियो । ज्यान जोखिममा राखी सिमातखोला तरेर विद्यालय जानुपर्ने बाध्यता रहेको छ । ‘भदौ ३१ गतेदेखि परेको ठूलो पानीले बाढी आउँदा विद्यार्थी खोला तर्न सकेनन्,’ कालभैरव प्राविका प्रधानाध्यापक […]

प्रभावशाली नेताले नै रोजे ‘समानुपातिक’, आलोचना तीव्र

काठमाडौं – आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलले प्रभावशाली नेता, पटकपटक सांसद–मन्त्री भएका नेतालाई नै ‘समानुपातिक उम्मेदवार’को बन्द सूचीमा राखेपछि आलोचना तीव्र बनेको हो । प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक […]