Author: Sawal Media
सधैं अग्रपंक्तिमा रहने डीआईजी ठाडा मगर : किन योग्य छन् एआईजीका लागि?
जनकपुरधाम, बैशाख ३१ गते: नेतृत्व गरेका सबै युनिटलाई सर्वोत्कृष्ट बनाउने अधिकारी को होला त? सशस्त्र प्रहरी बलमा अहिले यही प्रश्न चर्चामा छ – जवाफ हो: डीआईजी गणेश ठाडा मगर। सधैं काममा खरो, अनुशासनमा कडाभन्दा कडा र परिणाममा स्पष्ट — ठाडा मगरको काम गर्ने शैली नै फरक छ। मधेश प्रदेशको नम्बर २ छिन्नमस्ता बाहिनी र त्यसपछि […]
सिरहाको माड़रमा ब्राह्मण–मण्डलको अन्तरजातीय विवाह: जातीय र दहेज प्रथाको जरो हल्लाउने ऐतिहासिक कदम
सिरहा, बैशाख २९ गते – सामाजिक सुधारको अभियान अब केवल भाषणमा सीमित छैन, यथार्थ जीवनमै लागू हुँदैछ भन्ने उदाहरण बनेका छन् सिरहा नगरपालिका स्थित, माड़र निवासी अवधेश कुमार झा र बन्दना कुमारी मण्डल। विभिन्न जातीय बेडाचाललाई चुनौती दिंदै उनीहरूले बैशाख २८ गते ‘पण्डा बाबा विवाह भवन’ मा भव्य र सुसंस्कृत विधिबाट दहेज मुक्त अन्तरजातीय विवाह […]
भन्सारमा बेहुला बेहुली पर्खिदै: दानको फर्निचर रोकिनु कानुनी कि मनोमानी?
सिरहा, वैशाख ११ – सिरहा माडरस्थित सिरहा भन्सार कार्यालयको मूल गेट नजिकै बिहिबार बिहान अनौठो दृश्य देखियो। बिहेमा बेहुली पक्षबाट बेहुलालाई दान स्वरूप दिएको फर्निचर बोकेको ट्रायॉक्टर भन्सारको मूल गेटमा रोकिएको छ — कारण, “बेहुला बेहुली बिना जान पाइँदैन” भन्ने सशस्त्र प्रहरीको आदेश। भारतमा विवाह गरेर फर्किएका विजय मण्डल, जो बेहुलाका आफन्त हुन्, भन्छन्, “हामीले […]
धार्मिक पर्यटन प्रवर्द्धनसँगै सुरक्षा सुनिश्चित : जलेश्वरमा सशस्त्र प्रहरीका डीआईजी धौवजीको अवलोकन
✍️ दिनेश सहनी जनकपुरधाम, फागुन २९ गते: मधेश प्रदेशको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थी तथा पर्यटकको सुरक्षा प्रत्याभूत गर्न सशस्त्र प्रहरी बलको नम्बर २ बाहिनीका बाहिनीपति (डीआईजी) कालिदास धौवजीले सुरक्षा निकायहरूलाई विशेष निर्देशन दिएका छन्। बिहीवार मन्दिर क्षेत्रको निरीक्षण भ्रमणका क्रममा डीआईजी धौवजीले छिमेकी मुलुक भारतबाट समेत दर्शन गर्न आउने आन्तरिक […]
गैरजिम्मेवार प्रहरी? धनुषामा सई जीवन साहको अनुशासनहीन आचरणले प्रहरी संस्थामाथि प्रश्न उठ्यो
✍️सवाल मिडिया समाचारदाता धनुषा, फागुन २८ गते। जनताको सुरक्षाका लागि खटिने प्रहरी नै जब नियम, निर्देशिका र आचरणको पालना गर्न असफल हुन्छ, तब उसले कानुनको रक्षा होइन, अवहेलनाको प्रतिनिधित्व गर्छ। धनुषा जिल्ला स्थित ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) जीवन साह यतिबेला त्यस्तै विवादमा तानिएका छन्। स्थानीय नागरिकको गुनासो अनुसार सई […]
प्रादेशिक अस्पताल सिरहाको हाता भित्र निजी फार्मेसी सञ्चालन: नियम विपरीत कमीशनको खेल!
✍️सवाल मिडिया ब्यूरो सिरहा, फागुन १२ गते – नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत औषधि व्यवस्था विभाग, शाखा कार्यालय विराटनगरले सबै सरकारी, निजी, सामुदायिक तथा शिक्षण अस्पतालहरूलाई अस्पताल परिसरभित्र अनिवार्य रुपमा आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न तीन महिनाको समय सीमा तोकेर निर्देशन जारी गरे पनि सिरहाको प्रादेशिक अस्पतालले यसलाई खुलमखुल्ला उलंघन गर्दै आएको पाइएको छ। […]
विद्यालय शिक्षा ऐन जारीको मागसहित नेपाल शिक्षक महासंघ सिराहाको आन्दोलन प्रारम्भ
सिराहा, माघ ९ गते – विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघ सिराहाले जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, सिराहामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाएको छ। महासंघले विगतमा भएका सहमतिहरूको कार्यान्वयन नहुँदा बाध्य भएर चरणबद्ध आन्दोलन प्रारम्भ गरेको हो। २०७५, २०७८ र २०८० सालमा नेपाल सरकारसँग भएका महत्वपूर्ण सहमतिहरूको आधारमा स्थायी, राहत, […]
एचपीभी खोप अभियान: पाठेघरको क्यान्सर रोकथाममा ठूलो पहल
✍️दिनेश सहनी जनकपुरधाम, माघ २६ – सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी एचपीभी खोप अभियान संचालन गरिरहेको छ। माघ २२ देखि फाल्गुण ६ सम्म चल्ने यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र १०–१४ वर्ष उमेरका विद्यालयबाहिरका किशोरीहरूलाई खोप लगाउने काम भइरहेको छ। नेपाल चिकित्सक संघले […]
सीमामा सुरक्षा कडाइ: तालिमप्राप्त कुकुरको सहयोगमा अवैध ओसारपसार रोक्न सशस्त्र प्रहरीको प्रभावकारी अभियान
✍️दिनेश सहनी जनकपुरधाम, माघ २५ गते : सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण पर्साले लागु औषध, विष्फोटक पदार्थ, हतियार तथा अन्य गैरकानुनी वस्तुहरूको अवैध ओसारपसार रोक्न सुरक्षा व्यवस्था कडा पारेको छ। छिमेकी मुलुक भारतबाट यस्ता अवैध वस्तुहरू भित्रिने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त कुकुरहरूको सहयोगमा अभियान सञ्चालन गरिएको छ। […]
सिराहामा जबरजस्ती करणी सहित दोहोरो मुद्दाका फरार प्रतिवादी पक्राउ, विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा प्राधिकरण कर्मचारीको संलग्नता
✍️ओमप्रकाश यादव सिराहा, माघ २५ गते : जिल्ला प्रहरी कार्यालय सिराहाले दुई फरक मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका -४ घर भएका करीब ३२ वर्षीय विशाल राई रहेका छन्। राईलाई “जबर्जस्ती करणी” मुद्दा र “विद्युतीय कारोबार ऐन अन्तर्गत कसूर” मुद्दामा फरार रहेको आरोपमा पक्राउ गरेको हो […]


