Author: Sawal Media
“सशस्त्रकै मिलोमतोमा तस्करी! भन्सारको गस्ती टोलीले बरियारपट्टीबाट झण्डै १ लाखको मालसमान जफत”
✍️ दिनेश सहनी,जनकपुरधाम २६ असार – सिरहा जिल्लाको सीमावर्ती क्षेत्र बरियारपट्टी नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा भइरहेको तस्करीलाई भन्सार कार्यालय माडरले ठूलो सफलता हात पार्दै पर्दाफास गरेको छ। बिहीबार विहान करिब ८ बजेको समयमा भन्सार अधिकृत विमल कुमार श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले झण्डै ९१ हजार रुपैयाँ बराबरको अवैध सामग्री जफत गरेको हो। भन्सार कार्यालय माडरका […]
धनुषा प्रहरीको हिरासत काण्ड: १५ वर्षीय बालकलाई बन्दुक देखाउँदै कुटपिट, प्रहरीमाथि छानबिन सुरु
✍️दिनेश सहनी/जनकपुरधाम २६ साउन — जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र एक १५ वर्षीय बालकमाथि गरिएको निर्मम कुटपिट तथा हतियार देखाएर डर देखाएको आरोप सार्वजनिक भएपछि प्रहरीमाथि छानबिन सुरु गरिएको छ। मंगलबार राति चोरी अभियोगमा पक्राउ परेका धनौजी गाउँपालिका–२ निवासी रोहित पण्डितलाई हिरासतमा लिएर अपराध स्वीकार गर्न पाइप र बन्दुक देखाउँदै पटक–पटक कुटपिट गरिएको परिवारजनले आरोप […]
“सिस्टम” सई गौतम? सिरहाबाट ठाडी सम्मको दिनहुँ यात्रा के तस्करी नियन्त्रण कि समन्वयको नाममा संरक्षण?
✍️ ब्यूरो रिपोर्ट | सिरहा सिरहा जिल्लाको सशस्त्र प्रहरी बल अन्तर्गत सिरहा मिलमा कार्यरत सई (सहायक निरीक्षक) विष्णु प्रसाद गौतम हाल जनचासोको केन्द्रमा छन्। तिनको दिनहुँ देखिने गतिविधि—सिरहाबाट ठाडी नाकासम्मको यात्रा—केवल नियमित काम हो वा केही गम्भीर प्रश्नको संकेत? ठूलो प्रश्न: सईको भूमिकामा समन्वय कि संरक्षण? स्थानीय स्रोतहरूको दाबी अनुसार गौतमको दैनिक ठाडी यात्राको उद्देश्य […]
भन्सारले देखायो साहस, सशस्त्र प्रहरीको कमजोरी? सिरहामा तस्करी नियन्त्रणमा उठेका गम्भीर प्रश्न
✍️ दिनेश सहनी, भन्सारले देखायो साहस, सशस्त्र प्रहरीको कमजोरी? सिरहामा तस्करी नियन्त्रणमा उठेका गम्भीर प्रश्न जनकपुरधाम। सीमावर्ती क्षेत्रबाट हुने अवैध तस्करी नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको भए पनि, अहिले त्यो काम जिल्लाको भन्सार कार्यालयले आफैं गर्न बाध्य भएको देखिएको छ। हालैको एक घटनाले सशस्त्र प्रहरी बलको प्रभावकारीता माथि गम्भीर प्रश्न उठाएको छ […]
विद्यालयको शिक्षकको बारीमा गाँजा खेती ! प्र.चौ. खिरौनाबाट फडानी गरी नष्ट
✍️सिरहा समाचारदाता सिरहा, जेठ २६ गते। सिरहा जिल्लाको सिरहा नगरपालिका–१४ स्थित मण्डल टोलमा गाँजा खेती गरिएको पाइएको छ। गाँजा सेवन गरिरहेको सूचनाको आधारमा प्रहरी चौकी खिरौनाबाट खटिएको टोलीले विद्यालयका शिक्षक चित्तर मण्डलको बारीमा अवैध रूपमा रोपिएको करिब ५० वटा गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको छ। प्रहरीका अनुसार, सोमबार बिहान करीब ८:०० बजेको समयमा प्रहरी […]
कालो सूचीमा सूचीकृत पप्पु कन्स्ट्रक्सनका सञ्चालककी बुहारी श्रुती रौनियार ठगी र विश्वासघात अभियोगमा काठमाडौँबाट पक्राउ
✍️ब्यूरो रिपोर्ट जनकपुरधाम, जेठ २४ गते। नेपाल सरकारको कालो सूचीमा परेको बदनाम निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’का सञ्चालक तथा पूर्वसांसद हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। उनीमाथि विश्वासघात र ठगी सम्बन्धी गम्भीर आरोप लागेको र पर्सा प्रहरीले जारी गरेको पत्राचारका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई […]
सिरहाको माडरमा ‘इन्दिरा जल’को पानी बोतलमा किरा भेटिए पछि बजारमा हङ्गामा, उपभोक्ताले मागे कारबाही
✍️दिनेश सहनी जनकपुरधाम, जेठ २४ गते- सिरहा नगरपालिका-१७ माड़रस्थित बसपार्कको कन्हैया होटलबाट एकजना ग्राहकले खरीद गरेको इन्दिरा जल नामक ब्राण्डको सिलबन्दी खानेपानीको बोतलभित्र किरा भेटिएपछि स्थानीय उपभोक्तामा त्रास फैलिएको छ। पानीको बोतल पूर्णरूपमा सिलबन्दी अवस्थामा भए पनि भित्र किरा फेला परेको घटनाले जनस्वास्थ्य र उपभोक्ता अधिकारप्रति गम्भीर प्रश्न उठाएको छ। उपभोक्ताले कम्पनीमाथि गम्भीर लापरवाही र […]
गणेश ठाडा मगरको एआईजी बढुवा : निष्ठा, दक्षता र समर्पणप्रतिको संस्थागत सम्मान
✍️दिनेश सहनी जनकपुरधाम, जेठ २४ गते – सशस्त्र प्रहरी बल (APF) को नेतृत्व संरचनामा एक दूरदृष्टि सम्पन्न र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर एआईजी (सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक) पदमा बढुवा भएका छन्। उनको यो बढुवा न केवल व्यक्तिगत सफलताको संकेत हो, तर सशस्त्र प्रहरी संगठनले निष्ठा, अनुशासन र कार्यदक्षताको कदर गरेको स्पष्ट […]
सधैं अग्रपंक्तिमा रहने डीआईजी ठाडा मगर : किन योग्य छन् एआईजीका लागि?
जनकपुरधाम, बैशाख ३१ गते: नेतृत्व गरेका सबै युनिटलाई सर्वोत्कृष्ट बनाउने अधिकारी को होला त? सशस्त्र प्रहरी बलमा अहिले यही प्रश्न चर्चामा छ – जवाफ हो: डीआईजी गणेश ठाडा मगर। सधैं काममा खरो, अनुशासनमा कडाभन्दा कडा र परिणाममा स्पष्ट — ठाडा मगरको काम गर्ने शैली नै फरक छ। मधेश प्रदेशको नम्बर २ छिन्नमस्ता बाहिनी र त्यसपछि […]
सिरहाको माड़रमा ब्राह्मण–मण्डलको अन्तरजातीय विवाह: जातीय र दहेज प्रथाको जरो हल्लाउने ऐतिहासिक कदम
सिरहा, बैशाख २९ गते – सामाजिक सुधारको अभियान अब केवल भाषणमा सीमित छैन, यथार्थ जीवनमै लागू हुँदैछ भन्ने उदाहरण बनेका छन् सिरहा नगरपालिका स्थित, माड़र निवासी अवधेश कुमार झा र बन्दना कुमारी मण्डल। विभिन्न जातीय बेडाचाललाई चुनौती दिंदै उनीहरूले बैशाख २८ गते ‘पण्डा बाबा विवाह भवन’ मा भव्य र सुसंस्कृत विधिबाट दहेज मुक्त अन्तरजातीय विवाह […]



