गणेश ठाडा मगरको एआईजी बढुवा : निष्ठा, दक्षता र समर्पणप्रतिको संस्थागत सम्मान
✍️दिनेश सहनी
जनकपुरधाम, जेठ २४ गते – सशस्त्र प्रहरी बल (APF) को नेतृत्व संरचनामा एक दूरदृष्टि सम्पन्न र निडर कमाण्डरको रूपमा चिनिएका गणेश ठाडा मगर एआईजी (सशस्त्र प्रहरी बल अतिरिक्त महानिरीक्षक) पदमा बढुवा भएका छन्। उनको यो बढुवा न केवल व्यक्तिगत सफलताको संकेत हो, तर सशस्त्र प्रहरी संगठनले निष्ठा, अनुशासन र कार्यदक्षताको कदर गरेको स्पष्ट सन्देश पनि हो।

नेतृत्वमा निरन्तर उत्कृष्टता
डीआईजी ठाडा मगरले कमाण्ड गरेका सबै युनिटहरूलाई कार्यसम्पादन, अनुशासन, अपरेसन, तालिम तथा जनउत्तरदायित्वका सूचकमा देशकै उत्कृष्ट बनाएका छन्। मधेशस्थित छिन्नमस्ता बाहिनी (२०७८) र बाग्मतीस्थित बाहिनी (२०८१) दुबै उनको नेतृत्वमा आन्तरिक निरीक्षणमा पहिलो घोषित भए। त्यो पनि वरिष्ठ र अनुभवी अधिकृतहरूको नेतृत्वमा रहेका अन्य युनिटहरूलाई पछि पार्दै। यसले उनको रणनीतिक क्षमता र प्रेरणादायी नेतृत्वलाई प्रमाणित गर्छ।
अपरेसनल क्षेत्रको नायक
माओवादी द्वन्द्वकालमा देशका संवेदनशील जिल्लाहरू—दाङ, प्युठान, नुवाकोट र स्याङ्जा—मा खटिएका ठाडा मगरले अपरेसनल दक्षता मात्र होइन, अद्वितीय निडरताको उदाहरण पनि प्रस्तुत गरे। स्थानीय राजनीतिक नेतादेखि सर्वसाधारणसम्मले आज पनि उनको तत्कालीन सेवा, साहस र निर्णय क्षमताको प्रशंसा गर्छन्।
अन्तर्राष्ट्रिय exposure र तालिमको गहिरो पृष्ठभूमि
ठाडा मगर भारत, चीन, इटाली तथा संयुक्त राष्ट्रसंघबाट विभिन्न रणनीतिक र मानवअधिकार तालिम लिएका छन्। उनी APF कमाण्ड तथा स्टाफ कलेजको प्रमुखसमेत भइसकेका छन् र हालका प्रतिस्पर्धी अधिकृतहरूलाई समेत प्रशिक्षण दिइसकेका छन्। यो तथ्य स्वयंमा उनको ज्ञान, अनुभव र नेतृत्व क्षमताको परिचायक हो।
विवादभन्दा माथि रहेको सेवाप्रति समर्पण
सामाजिक सञ्जालमा पूर्वराजा र अन्तर्राष्ट्रिय राजनीतिज्ञप्रति व्यक्तिगत अभिव्यक्ति वा तस्करीसम्बन्धी अप्रत्याषित आरोपहरू जतिसुकै उठाइए पनि, ती प्रमाणित भएका छैनन्। न्यायिक अनुसन्धानमा उनी निर्दोष प्रमाणित भएका छन्। अग्रपंक्तिमा खटिने इमानदार अधिकृतहरू अकसर यसरी नै लक्ष्यविन्दुमा पर्छन् भन्ने सन्देश उनका अनुभवले दिन्छ।
संगठनप्रति न्याय र सन्देश
गणेश ठाडा मगरको बढुवा सशस्त्र प्रहरी संगठनभित्र प्रतिभा, निष्ठा र कार्यक्षमताको मूल्याङ्कन गरिएको उदाहरण हो। नेतृत्वले योग्यताको कदर गर्दै गरेको यो निर्णय संस्थाको भविष्यप्रति सकारात्मक सन्देश हो।
• कार्यदक्षतामा निरन्तरता
• नेतृत्वमा स्पष्टता
• तालिम र ज्ञानमा गहिरो पकड
• निडरताको मिसाल
• अनुशासन र इमानदारीको मूर्त रूप
सशस्त्र प्रहरी जस्तो अनुशासित सुरक्षाप्रवृत्त संगठनमा ठाडा मगरजस्ता अधिकृतहरूको नेतृत्व संस्थागत स्थायित्व, जनविश्वास र कार्यप्रणालीको शुद्धिकरणतर्फ अग्रसर गराउने तत्व हो।
गणेश ठाडा मगरको एआईजी पदमा बढुवा हुनु व्यक्तिगत सफलता मात्र होइन, सशस्त्र प्रहरी बलप्रतिको राज्यको जिम्मेवार दृष्टिकोणको प्रतिविम्ब हो। यो निर्णय संस्थाले आफ्ना असल अधिकृतहरूको मूल्य चिनेको, संगठनलाई परिणाममुखी नेतृत्वमा लैजाने तयारी गरेको र समग्रमा देशको सुरक्षातन्त्रलाई अझ बलियो बनाउने आधार तय गरेको सन्देश दिन्छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE