Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

खानेपानी र सिँचाइ डिभिजनमा तालाबन्दी

लहान – संघीय सरकारल गरेको निर्णय बर्खिलाप हुनेगरी प्रदेश सरकारले सिरहाको लहानमा संचालित दुई सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै नेपाली कांग्रेसले आइतबार तालाबन्दी गरेको छ। आइतबार बिहान कार्यालय खुलेलगत्तै लहान १० ग्रामीणस्थित जलश्रोत तथा सिँचाइ डिभिजन र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पुगेका कांग्रेस कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन्।वर्षौंदेखि लहानमा सिंचाई र खानेपानीको करोडौं मूल्यको आफ्नै भौतिक संरचना हुँदाहुँदै प्रदेश सरकारको मौखिक आदेशमा अन्यत्र सार्न खोजिएको विरुद्ध तालाबन्दी गरिएको कांग्रेसका लहान नगर सभापति सुनिलकुमार महतोले जानकारी दिए। नगर सभापति महतोका अनुसार संघीय सरकारको २०७५ भदौ १० को मन्त्री परिषद्को निर्णयअनुसार दुवै कार्यालय लहानमै संचालन हुँदै आएको थियो। तथापि प्रदेश २ सरकारको आदेशमा सिंचाइको महोत्तरीको बर्दिवास र खानेपानी तथा सरसफाई डिभिजन सप्तरीको राजविराजमा भाडाको घरमा संचालन गर्ने गरी सार्ने तयारी गरेको थाहा पाएपछि तालाबन्दी गरिएको सभापति महतोले बताए । 

‘संघीय सरकारको निर्णय अनुसार दुवै कार्यालय लहानमा पूर्ववत् रुपले संचालनको माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण ढंगले तालाबन्दी मात्र गरेका हौं’ कांग्रेसका क्षेत्रीय सभापति अछमितलाल चौधरीले भने, ‘हाम्रो मागलाई उपेक्षा गरी कार्यालय अन्यत्र सार्ने षडयन्त्र नरोकिए आन्दोलन समेत गर्नेछौं। त्यसबाट हुनसक्ने भौतिक क्षतिको जिम्मेवारी स्वयं कार्यालय प्रुमख र प्रदेश सरकारले लिनु पर्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE