धर्म प्रचारमा सरकारकै सहभागिता, नेपालमा नयाँ भगवानको घोषना हुदै
विभिन्न देशका राष्ट्राध्यक्ष र अतिथीहरुका अगाडी हानलाई ‘वन्ली विगटेन डटर अफ गड’ घोषणा गरिने
काठमाडौँ-बुद्धको देश नेपालबाट नयाँ भगवान घोषणाको तयारी भइरहेको छ । युनिफिकेसन चर्चकी संस्थापक तथा डा. सन म्योङ मुन (फादर मुन) की श्रीमती हाक जा हानलाई नेपालबाट उनिहरुको भाषामा ‘जेससकी एक मात्र छोरी’ का रुपमा घोषणा गर्न लागिएको हो । स्रोतका अनुसार उहाँ मंसिर ११ गते नेपाल आइपुनुहुने छ ।
उनकै संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ) आयोजक र नेपाल सरकार उक्त कार्यक्रमको सहआयोजक हुने स्रोतले जनाएको छ । मंसिर १४ गतेबाट हुने ‘एसिया–प्यासिफिक समिट २०१८’ मा सहभागि हुन मुन नेपाल आउना लाग्नु भएको हो । अन्य केही संघ संस्थाहरुलाई आयोजक बनाइएको भए पनि मुख्यगरि युपिएफ र नेपाल सरकार नै योजक हुने स्रोतले जनाएको छ । कार्यक्रमको उद्धेश्य विभिन्न देशका राष्ट्राध्यक्ष र अतिथीहरुका अगाडी हानलाई ‘वन्ली विगटेन डटर अफ गड’ घोषणा गर्नु रहेको स्रोतको दाबी छ ।
युनिफिकेसन चर्चबाट सन्चालित संस्थाद्धारा आयोजित कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल यसमा सक्रिय देखिनु भएको छ । उहाँ सहित हाल प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार रहेका राजन भटराई पनि कार्यक्रमको निम्तो दिन यूपिएफका अध्यक्ष एकनाथ ढकालसँग विभिन्न देश पुगेका छन् ।
युनिफिकेसन चर्च आवद्ध युपिएफका नेपाल अध्यक्ष एकनाथ ढकाल मन्त्री हुँदा समेत धर्म प्रचारमा लागेको भन्दै आलोचित बन्नुभएको थियो । परिवार दल खोलेर राजनीतिक सम्पर्क बलियो बनाउन सफल ढकाल हाल नेकपासँग आवद्ध हुनुहुन्छ । राजनितिक सम्बन्धलाई प्रयोग गरेर ढकाल आफनो एनजीओको कार्यक्रममा नेपाल सरकारलाई आयोजक बनाउन सफल भएको स्रोतको दाबी छ । यहि प्रकृतिको कार्यक्रम गर्न फिजी सरकारले अनुमति नदिएपछि सो कार्यक्रम नेपालमा गर्न लागिएको स्रोतको भनाइ छ ।
हाक जा हान को बारेमा ?
आफनो पति सन् म्योङ मुनको मृत्युपछि युनिफिकेसन चर्चको बागडोर सम्हाल्नुभएकी हाक जा हान अर्थात मदर मुनले । उनी र उनका छोराकैबिचमा ठुलो विवाद छ । पतिको मृत्युपछि युनिफिकेसन अभियानलाई आफनो हान वंशको वर्चश्वमा अगाडी बढाएको, पतिले लेखेका किताबहरुलाई आफु अनुकुल सच्याएको, पतिको भावना विपरित युनिफिकेसन अभियानलाई धर्मका रुपमा अघि बढाएको र केही सिमित व्यक्तिको आडमा च्यारिटेबल कामलाई उपलब्ध हुने स्रोतसाधनलाई विभिन्न देशमा सभा, समारोह गर्दै धर्म परिवर्तन गराउन खर्च गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । उहाँका जिवित छोराहरुले हाकसँग असन्तुष्टि जनाउँदै आ आफनै तरिकाले बाबुको अभियानलाई अगाडी बढाइरहेका छन् भने उहाँलाई अहिले छोरी ज्वाईहरुको मात्र साथ छ ।
नाम अर्कै काम अर्कै
एसिया प्यासिफिक समिट नाम दिइएपनि कार्यक्रमको भित्री उद्धेश्य एकप्रकारले युनिफिकेसन चर्चकी हर्ताकर्ता हाक जा हानलाई एक प्रकारले भगवान घोषणा गर्नु नै रहेको आयोजक समितिका एक सदस्यले बताए । सम्मेलनमा जलवायु परिवर्तन, शान्ति तथा विकास, सुशासनसँगै विवाह तथा परिवार जस्ता संस्थाहरुको सुदृढिकरणको एजेण्डा राखिएको छ । जलवायु परिवर्तनसँग विवाह तथा परिवारको एजेण्डा जोडिएको छ । युनिफिकेसन चर्चको मुख्य कामनै सामुहिक विवाह हो । युनिफिकेसन चर्चकै मुख्य एजेण्डालाई जलवायु परिवर्तनसँग मिसाएर अतिथीहरुलाई झुक्याइएको छ ।
युपिएफले विभिन्न देशका मानिसहरुलाई सामुहिक विवाह गराउँदै आएको छ । नेपालका अध्यक्ष ढकालले सोही सामुहिक विहेकै उनीहरुको चलनअनुसार फिलिपिनीसँग विवाह गरेका हुन् । यो अभियानमा लाग्ने अधिकांसको श्रीमती र श्रीमान अलग अलग देशका हुने गर्छन् । उनीहरुलाई सामुहिक बिहेपछाडी हानले भगवानका रुपमा नवविवाहितहरुलाई आशिर्वाद दिने गर्छिन् । कार्यक्रममा अतिथीहरुलाई पहिला विभिन्न एजेण्डामा व्यस्त बनाउने र अन्त्यमा हानलाई जेससकी छोरी घोषणा गरेर कार्यक्रम सकिने छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE